भारतमा स्वाईन फ्लुुका कारण ४० को मृत्यु

40
Shares


जयपुर, ५ माघ । भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको स्वाईन फ्लु भनिने इन्फ्लु एन्जा ए एच१एन१का कारण अहिलेसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार एक हजार भन्दा बढी विरामी परेका छन् ।

यस्तै रोगका कारण गत बर्ष भारतभरी एक हजार एक सय जनाको मृत्यु भएको थियो भने १५ हजार जना प्रभावित भएका थिए ।

अहिले प्रभावित भएकाहरू गत डिसेम्बर र यही जनवरीका हुन् । उनीहरू भारतको नयाँ दिल्ली र राजस्थानसहित पश्चिमी र उत्तरी राज्यका भएको अधिकारीहरुले जनाएका छन् ।

विरामीहरूलाई सेवा दिनका लागि ती राज्यहरुमा सरकारले घरदैलोमै उपचार उपलब्ध गराउने अभियान चलाएको छ ।

त्यसैगरी स्वास्थ्यअधिकारीहरूले यस्ता रोगहरुका बारेमा जनचेतनामुलक कार्यक्रमहरू पनि चलाइएको बताएका छन् । उनीहरूलाई रोगको लक्षण, त्यसका लागि अप्नाउनु पर्ने सावधानीहरू र उपचारका उपायहरूका बारेमा जानकारी दिइएको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

जनचेनतामुलक अभियानका क्रममा पाँच हजार १०० जनाको स्वास्थ्य परिक्षणसमेत गरिएको थियो ।

“अहिले फैलिएको स्वाइन फ्लुका कारण यही जनवरी १ देखि १७ तारिख सम्ममा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने एक हजार ३६ जना विरामी भएको पाइएको छ, ती मध्ये एक जनाको बिहीबार मृत्यु भएको छ,” राजस्थान स्वास्थ्य विभागद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

स्वाइन फ्लुबाट विशिष्ट व्यक्तिहरु पनि विरामी भएका छन्, ती मध्ये प्रधानमन्त्री नरेन्द्र मोदीका मुख्य सल्लाहकार समेत रहेका भएका अमित शाह पनि छन् । यही हप्ता विरामी परेका शाहलाई अस्पताल भर्ना गरिएको थियो ।

राजस्थानको जोथपुर जिल्लामा सवै भन्दा धेरै जनाको मृत्यु भएको विवरण छ । त्यहाँ १६ जनाको मृत्यु भएको छ भने २२५ जना विरामी भएका छन् । सरकारी अधिकारीहरुले त्यस क्षेत्रमा भ्रमण नगर्न सल्लाह दिएका छन् । रासस एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *