डा. केसीलाई सघन उपचार कक्षमा राख्न विशेषज्ञ टोलीको सुझाव
इलाम, ३ माघ । धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट आएको विशेषज्ञ टोलीले इलाममा अनशनरत् डा गोविन्द केसीको स्वास्थ्य परीक्षण गरेको छ ।
स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा यहाँ आएको विशेषज्ञ टोलीले डा केसीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्य अवस्था नाजुक हुँदै गएको बताएको छ । नौ दिनदेखि आमरण अनशनमा रहेका डा केसीलाई विभिन्न रोगले च्याप्दै गरेको भन्दै अस्पतालमा सघन उपचार कक्ष (इन्टेन्सिभ केयर युनिट) को व्यवस्था गर्न सुझाव दिएको छ ।
उपचारमा आएको टोलीका प्रमुख तथा प्रतिष्ठानका सह निर्देशक डा विकास शाहले डा केसीको शरीरमा अक्सिजनको मात्रा ८० प्रतिशतसम्म रहेको, श्वासप्रश्वासमा समस्या रहेको र मुटुको चाल ३५ देखि दुई सयसम्म पुगेको जानकारी दिए ।
उनले भने, “डा केसीको शरीरमा ग्लुकोजको मात्रा पटकपटक कम भएर ५० भन्दा तल पुगेको छ भने डा केसीले ग्लुकोज लिन अस्वीकार गर्नुभएको छ ।” धरानबाट बुधबार ६ विशेषज्ञको टोली डा केसीको स्वास्थ्य परीक्षणका लागि इलाम आएको थियो ।
टोलीमा डा साहसहित मुटुरोग विशेषज्ञ डा प्रशान्त शाह, जनरल फिजिसियन डा अजय यादव, एनेस्थेसियोलोजी तथा सघन उपचार कक्ष विशेषज्ञ डा सविन भण्डारी, ल्याब टेक्निसियन जितेन्द्र यादव र स्टाफ नर्स रचना राणाको सहभागिता छ ।
शिक्षा तथा स्वास्थ्य समितिबाट हालै पारित चिकित्सा शिक्षा विधेयकको परिमार्जनको माग राख्दै डा केसी २५ पुस देखि यहाँ अनसनरत छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ
Is BPKIHS is unable to manage him in Dharan and they are referring to Kathmandu? if so the doctors of dharan should get some ICU training in Kathmandu to give ICU care to general public.
the facilities of Dharan hospital should be upgraded.