मनमोहन सेन्टरमा इसीजी गराएर फर्किए प्रधानमन्त्री

काठमाडौँ, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । आज दिउसो साढे तीन बजे महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेर उनले स्वास्थ्य परीक्षण गराएका हुन् । सेन्टरमा उनको इसिजि गरिएको छ ।

‘कुनै समस्या भएर होइन, नियमित स्वास्थ्य परीक्षण अन्तरर्गत उहाँ इसिजि गर्न यहाँ आउनु भएको हो । उहाँको इसिजि गरेको हो । मैले नै उहाँलाई हेरेको हुँ । १५ /२० मिनेट बसेर फर्किनु भएको हो । बरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीले भने । उनले इसिजि गर्दा कुनै समस्या नदेखिएको बताए । रिपोर्ट राम्रो छ । उहाँ बालुवाटार फर्किसक्नु भएको छ,’ डा. सायमीले भने ।

उता प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिलिप शर्माले पनि प्रधानमन्त्री विरामी भएको कुरा निराधार भएको बताए । ‘हल्ला चलेछ । धेरै भाईसाथीहरुले मलाई पनि फोन गर्नुभयो । तर त्यस्तो केही होइन । अहिले उहाँ बालुवाटारमै नियमित काममा रहनु भएको छ । दिउसो इसिजि गर्न मनमोहन सेन्टर गएको हो । अस्वस्थ भएर होइन कि । नियमित स्वास्थ्य परीक्षण गर्न मात्रै हो,’ डा.  शर्मालेभने ।

कतिपय सञ्चारमाध्यमले एकाएक प्रधानमन्त्री पुन अस्पतालमा भर्ना भएको भन्ने समाचार केहीबेर अघि सप्रेषण गरेपछि जनमानसमा अन्योलता उत्पन्न भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *