राउतबेँसी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा

84
Shares

बेत्रावती, १९ मंसिर । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ स्थित राउतबेँसी स्वास्थ्य चौकीमा सुविधा सम्पन्न प्रयोगशाला सेवा सञ्चालनमा आएको छ । गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङ र उपाध्यक्ष अञ्जु आचार्यको समन्वयमा जर्मन सहयोग नियोग (जिआइजेड)ले प्रयोगशाला सेवा सञ्चालनमा ल्याउन सहयोग पु¥याएको हो ।

जिल्लाको विकट बस्तीमा पर्ने चौकीमा सुरु भएको प्रयोगशालामा कलेजो, मिर्गौला, रक्तचाप, थाइराइड, दिसापिसाब, खकार, रगत लगायतको परीक्षण गर्ने गरिन्छ । प्रयोगशाला सञ्चालनमा आएपछि बिरामीलाई प्रत्यक्ष फाइदा पुग्ने वडा नं ३ का अध्यक्ष ध्रुबवकर केसीले जानकारी दिए ।

स्वास्थ्य चौकीमा जिल्लाकै उत्कृष्ट सेवा प्रदान गर्नसक्ने गरी गाँउपालिकाले प्रसूति सेवा पनि यसै वर्षदेखि सञ्चालनमा ल्याएको छ । गाउँपलिकाका अन्य छवटा वडाहरुमा पनि दक्ष जनशक्ति, आधुनिक उपकरण र सुविधासम्पन्न भौतिक संरचना विस्तार गरी सर्वसुलभ उपचार सेवा प्रवाह गर्ने लक्ष्य राखिएको गाँउपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *