बलिउड अभिनेत्री सोनाली क्यान्सरलाई जितेर घर फर्किन्

512
Shares

मुम्बई, १७ मंसिर । अमेरिकामा छ महिना लामो क्यान्सरको उपचार पछि बलिउड अभिनेत्री सोनाली बेन्द्रे घर (भारत मुम्वई) फर्केकी छन् । सोमबार विहान उनी आफ्ना पति गोल्डी बेहलका साथ मुम्वई फर्केकी हुन् ।

म्याटेस्टेटिक क्यान्सरको संक्रमणमा परेपछि उनी गत जुलाई देखि न्युयोर्कस्थित स्लोन केटरिङ क्यान्सर सेन्टरमा भर्ना भई उपचाररत थिइन ।

मुम्वई एयरपोर्टमा शुभचिन्तक तथा सञ्चारकर्मीसंग कुरा गर्दै सोनालीका पति गोल्डी बेहलले स्वास्थ्यमा राम्रो सुधार भएको प्रतिकृया दिए । उनले अव थप उपचारका लागि पुन न्युयोर्क नै जानु नपर्ने त बताए तर नियमित परीक्षण भने जारी नै रहने जानकारी दिए ।

हाईडोज केमोको कारण मुडुलो टाउको सहित देखा परेकी सोनालीले आफ्नो स्वास्थ्यको कामना गर्ने सबैप्रति धन्यवाद दिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *