महिला स्वास्थ्यकर्मी आएपछि प्रजनन स्वास्थ्यमा सुधार

बाँके, १८ कात्तिक । डुडुवा गाँउपालिकामा पछिल्लो एक वर्षमा प्रजनन स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ । स्वास्थ्य संस्थामा महिला स्वास्थ्यकर्मीको आगमन भएसंगै प्रजनन स्वास्थ्यका क्षेत्रमा सुधार देखिएको हो ।

मुस्लिम समुदायको बाहुल्य रहेको क्षेत्रमा गतवर्ष मात्रै जाजरकोटबाट सीमा घर्ती खान अनमी रुपमा सरुवा भएर आएकी थिइन । स्थानीय होलिया स्वास्थ्य चौकीमा उनी आइसकेपछि महिलाहरुको प्रजनन स्वास्थ्यमा सकारात्मक नतिजा देखिन थालेको इन्चार्ज प्रेम सोमाईले बताए ।
अहिले त परिवार नियोजनको साधनकर्ता, गर्भ परीक्षण, संस्थागत सुत्केरी मात्रै होइन शिशुहरुलाई नियमित खोप लगाउनेको संख्यामा पनि निकै सुधार आएको छ । अहेव सोमाइले भने, ‘त्यसको एउटा मुख्य कारण महिला स्वास्थ्यकर्मी हुनु हो ।’ उनका अनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा यो सेवा लिनेको प्रतिशत बढी देखिइसकेको छ ।

सोही स्वास्थ्य चौकीका अनमी सीमा घर्तीले प्रजनन स्वास्थ्य सेवाका लागि आमा सुरक्षा कार्यक्रमले सहयोग भएको बताइन । पुरुष स्वास्थ्यकर्मी मुस्लिम महिला खुल्न नसक्ने र समस्या पर्ने गरेको तर महिला स्वास्थ्यकर्मी आएपछि निकै सहज भएको स्थानीय जनप्रतिनिधि बताउछन् ।

अहिले होलिया स्वास्थ्यचौकीमा दैनिक रुपमा १० देखि १५ जना महिलाहरु गर्भवति जाँच सहित अन्य स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन आउने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *