राउटे बालबालिकाले पहिलो पटक खाए भिटामिन ‘ए’ र जुकाको औषधि

152
Shares

दुल्लु, १६ कात्तिक । सरकारले अभियानका रुपमा हरेक वर्ष सञ्चालन गर्दै आएको भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने कार्यक्रममा पहिलो पटक राउटे समुदायका बालबालिका समेटिएका छन् ।

अभियानको दोस्रो दिन विहीबार सो समुदायका ६ महिनादेखि पाँच वर्षसम्मका ३५ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाइएको हो ।

अभियानको पहिलो दिन बुधबार भने सो समुदायले भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खानुलाई आफ्नो संस्कृति विपरीत भएको जनाउँदै खान मानेका थिएनन् ।

उनीहरुलाई उक्त समुदायमा सञ्चालन भएको ‘राउटे परियोजना’ को पहलमा दोस्रो दिन औषधि खुवाइएको राउटे समुदायको स्वास्थ्य हेरचाहका लागि खटिएका अहेव विनोद बिसीले जानकारी दिए ।

गुराँस गाउँपालिकाबाट बसाइँ सरेर सुर्खेतको लेकबेंसी नगरपालिका–९ गंँगटेमा बसोबास गरिरहेका राउटे समुदायका बालबालिकाई बस्तीमै औषधि खुवाइएको हो ।

जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे अहिले आधुनिक उपचार पद्धतिमा विश्वास गर्न थालेका छन् । कुल १४८ जनाको जनसङ्ख्या रहेको राउटे समुदायमा ७४ बालबालिका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *