झापा : ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

44
Shares


दमक, १४ कात्तिक । झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था गरेको हो ।

दमक अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै किसिमको उपचार निःशुल्क गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालले जानकारी दिए । नगरपालिकाले नगरका गर्भवतीलाई आइरन र क्याल्सियम चक्की पनि निःशुल्क उपलब्ध गराउने भएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आउने गर्भवतीलाई सो औषधि निःशुल्क उपलब्ध गराउने भएको हो । चार पटक नियमित रूपमा परीक्षणका लागि आउने गर्भवतीले हरेक पटक रु १०० समेत यस वर्षदेखि पाउने व्यवस्था गरिएको अर्यालले बताए ।

स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन यस वर्ष नगरपालिकाले रु पाँच लाख ५० हजार छुट्याएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा स्वास्थ्यका ९० कार्यक्रम स्वीकृत गरेको छ । ती कार्यक्रमका लागि नगरपालिकाले रु ९० लाख छुट्याएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *