अस्पतालमा छोटो अवधिमा नै प्रमुख सरुवा हुँदा सेवा प्रभावित
नेपाली हेल्थ २०७५ कार्तिक १२ गते १०:०७ 0 बाँके, १२ कात्तिक । एउटै पूर्वाधार र उस्तै जनशक्ति भए पनि प्रमुखको जथाभावी हेरफेरले सरकारी अस्पतालको व्यवस्थापनमा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताललाई हेर्न सकिन्छ । स्थापनाकालदेखि हालसम्म उक्त अस्पताल लगभग निमित्त मेडिकल सुपरिटेन्डेण्टका भरमा चलिरहेको छ ।
राजनीतिक हस्तक्षेपले सरकार परिवर्तनसँगै सरकारी अस्पतालमा प्रमुख फेरिने गरेका छन् । बितेको १० वर्षमा भेरी अञ्चल अस्पतालमा ११ पटक प्रमुख फेरिएका छन् । तीमध्ये आठ जना त निमित्त भएका छन् । स्थापनाकालदेखि अहिलेसम्म भएकामध्ये केही निमित्त मेसु स्वास्थ्य नियमावली विपरीत पनि नियुक्त भएको तथ्य खुलेको छ ।
स्वास्थ्य नियमावलीअनुसार जनरल हेल्थ समूहबाट मात्र प्रमुख मेडिकल सुपरिटेन्डेण्ट नियुक्ति गर्न पाउने व्यवस्था छ तर, निमित्तका रूपमा रेडियोलोजिस्ट पनि यस अस्पतालका प्रमुख भएका छन् । विगतमा सरकारले विनोद ढकाललाई प्रमुख मेडिकल सुपरिटेण्डेटमा नियुक्त गरेको थियो । अस्पतालले दिएको तथ्याङ्कअनुसार अहिलेसम्म तीन जना मात्रै प्रमुखका रूपमा नियुक्त भएका छन् भने अन्य सबै निमित्त नियुक्त भएका हुन् ।
यसअघि सरकारले गत वर्ष प्रकाश थापालाई निमित्त मेसुमा नियुक्त गरेको थियो तर, राजनीतिक हस्तक्षेपका कारण उनी छोटो समयमै उक्त पदबाट निकालिएका छन् । अहिले उक्त स्थानमा डा रूपानन्द अधिकारीलाई निमित्त मेसु तोकिएको छ । अहिले पनि एक वर्षदेखि भेरी अञ्चल अस्पताल निमित्त प्रमुखकै भरमा चलिरहेको छ । तीनतीन महीनामा निमित्त प्रमुख फेरिने गरेकाले विकासे काम मात्र होइन उपचारका लागि आउने बिरामीसमेत समस्यामा पर्न थालेका छन् ।
अस्पतालको कामकारवाही र विकासका योजनाबारे जानकारी लिन नपाउँदै निमित्त प्रमुख फेरिने गरेकाले समस्या हुने गरेको चिकित्सकले बताएका छन् । विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालमा बिरामीले सामान्य उपचार पाउने गरेका छन् । बिरामी महँगो पैसा तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् । राजनीतिक खिचातानीका कारण छिटोछिटो प्रमुख फेरिने गरेको अस्पतालका कर्मचारीले बताएका छन् । रासस
सम्पर्क इमेल : [email protected]
-
आज अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाईंदै
-
६ दलको घोषणा पत्र समेटेर सरकारले सार्वजनिक गर्यो १८ बुँदे राष्ट्रिय प्रतिवद्धता पत्र, यस्ता छन् स्वास्थ्यका विषयहरु
-
हामी राजनीतिबाट टाढा, पेशागत र पारदर्शी एनएमए निर्माण गर्न चाहन्छौं: डा. अरुण शाही
-
स्वास्थ्य मन्त्री मेहताको अब ध्यान जाओस्, नयाँ वर्ष २०८३ सालको शुभकामना !
-
औषधीको मूल्यका सन्दर्भमा गठित समितिको म्याद आधा सकियो, छानविन सुरु भएन
-







