सतक रक्तदाता कर्माचार्य सम्मानित

काठमाडौँ, २७ असोज । सतक रक्तदाता प्रेमसागर कर्माचार्य सम्मानित भएका छन् । सामुदायिक सेवा केन्द्र बागबजार र सामुदायिक प्रहरी सेवा केन्द्र बागबजारले संयुक्त रुपमा उनलाई सम्मान गरेको हो ।

दशैं, तिहार, नेपाल संवत् ११३९ नयाँ बर्ष तथा छठ पर्वको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथि बनेका प्रहरी नायव महानिरीक्षक डीआईजी मनोज नेउपानेले रक्तदाता कर्माचार्यलाई सम्मान गरेका हुन् ।

रक्तदान गरी धेरैलाई जीवन दान दिएका कर्माचार्य समाजको रोल मोडल भन्दै सेवा केन्द्रले उनलाई सम्मान पत्र तथा दोसल्ला ओडाई सम्मान गरेको हो ।

कार्यक्रममा क्रमशस् बरिष्ठ गायक प्रेमध्वज प्रधान,नृत्य निर्देशक श्याम खड्गी, संगीतकार राजु सिंह वाग्दास, दलबहादुर छिमि श्रेष्ठ, पूर्व वडाध्यक्षद्वय नजरमान तण्डुकार,गणेशबहाुर खड्गी,रामपुकार श्रेष्ठ,रामसुन्दर रायमाझी र बाबुकाजि श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा २८ नम्बर वडाका वडा अध्यक्ष भाईराम खड्डी र अनामनगरप्रहरी बृत्तका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक काजीकुमार आचार्य समेत सहभागी थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *