रोटरीको सहयोगमा कान्तिपुर डेन्टलले शुरु ग-यो ‘स्पेशल निड्स’ उपचार कक्ष


काठमाडौँ, २१ असोज । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलले मानसिक तथा शारीरिक रुपमा अशक्त व्यक्तिको दन्त उपचारका लागि विशेष उपचार कक्ष सञ्चालनमा ल्याएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक-३२९२, रोटरी क्लव अफ् काठमाडौँ नर्थ, रोटरी क्लब उकु ताइवान डिस्ट्रिक -३४९० को सहयोगमा ‘ओरल कियर सेन्टर फर स्पेशल निड्स’ सञ्चालनमा ल्याइएको हो ।

यस्तै ती संस्थाहरुकै सहयोगमा कान्तिपुरले पोखरास्थित डेन्टल हस्पिटलमा ओरल हेल्थ एजुकेशन कक्षा समेत सञ्चालनमा ल्याएको छ ।

आइतबार हस्पिटलमा आयोजित विषेश समारोहमा रोटरी क्लब उकु ताइवान डिस्ट्रिक ३४९० का प्रमुख डा. एचसी हुवाङले स्पेशल निड्स कक्षको उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले नयाँ कक्षले नेपालमा रहेका शारीरिक र मानसिक रुपमा अशक्त व्यक्तिको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले आफूहरुले छोटो अवधिको परियोजनामा सहयोग गरेको भन्दै यसलाई थप प्रभावकारी बनाउन सरकारले समेत सहयोग गर्नुपर्ने बताए ।

कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले रोटरीको सहयोगमा नेपालमै पहिलो पटक विशेष हेरचाह चाहिने व्यक्तिहरु (स्पेशल निड्स पिपल)का लागि मुख तथा दन्त स्वास्थ्य सम्वन्धी सेवा शुरु गरेको बताए । उनले त्यस्ता विशेष सतर्कता अपनाएर उपचार गर्नुपर्ने व्यक्तिका लागि आफूहरुले दक्ष जनशक्ति र उपयुक्त प्रविधि तयार पारेको जानकारी दिए ।

 

नेशनल ताइवान युनिभर्सिटीका प्राडा एचएम चेनले शारीरिक तथा मानसिक रुपमा अशक्त व्यक्तिको उपचार कसरी गर्ने भन्ने बारेमा तालिम दिइरहेका छन् । सो तालिम पश्चात दन्त चिकित्सक तथा हाइजिनिसहरुले त्यस्ता विशेष सहयोग चाहिने व्यक्तिहरुको उपचार सहज ढंगले हुने बताइएको छ ।

रोटरीको ग्लोबल ग्राण्ड प्रोजेक्ट ३४९० अनुसार कान्तिपुर डेन्टलले यो कार्यक्रम शुरु गरेको हो ।

कान्तिपुर डेन्टल हस्पिटलका म्याग्जिलो फेसियल सर्जन डा. सुमित सिंहले अटिजम सहितका अन्य डाउनसिन्ड्रम भएका व्यक्तिले यस कक्षबाट लाभ लिन सक्ने बताए । ‘यस्ता खालका व्यक्तिको उपचारमा विशेष ध्यान पुर्याउनुपर्छ । तर त्यस्तो खासै भएको पाइदेन । हामीले अब त्यसका लागि विशेष कक्ष नै तयार पार्यौँ । अव कान्तिपुरमा त्यस्ता व्यक्तिका लागि स्पेशल सेवा उपलव्ध छ,’ उनले भने ।

रोटरीको सहयोगमा शुरु भएको सो परियोजनाको उद्घाटन गर्न ताइवानबाट डा चिङ हुई होङ, डा युन, डा चेन स्यान लि लगायतका व्यक्तिहरु आएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *