भीमदत्तनगर :स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम

60
Shares

भीमदत्तनगर, १७ असोज । कञ्चनपुरका नौवटै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यत्रम शुरु भएको छ । स्वास्थ्य सेवामा नागरिकको समान पहुँच सुनिश्चित गर्न सरकारले शुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत स्वास्थ्य बिमा बोर्डले यहाँका सबै स्थानीय तहमा कार्यक्रम शुरु गरेको हो ।

चार वर्षअघि सुदूरपश्चिम प्रदेशको कैलालीबाट शुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल मुलुकका ४४औँ जिल्लाको रूपमा कञ्चनपुरमा शुरु भएको स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेशका संयोजक जनक साउदले बताए । सुदूरपश्चिमको पहाडी जिल्ला डोटी र डडेल्धुराबाहेक सात जिल्लामा बिमा कार्यक्रम लागू भइसकेको छ ।

स्वास्थ्य बिमा बोर्डले कञ्चनपुरका सबै स्थानीय तहमा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिन लागेको संयोजक साउदले बताउनुभयो । आर्थिक वर्ष २०७४/७५ मा स्वास्थ्य क्षेत्रमा रु ३१ अर्ब ७८ करोड विनियोजन गरेको सरकारले सन् २०२२ सम्म नेपालको स्वास्थ्यसम्बन्धी सूचाङ्कमा आमूल परिवर्तन ल्याउने र मुलुक विकासशील मुलुकको सूचीमा पु¥याउने लक्ष्य राखेको छ ।

पाँच जना सदस्य रहेको परिवारले वर्षको रु दुई हजार ५०० प्रिमियम रकम तिरेर सदस्य बन्नुपर्ने हुन्छ, भने सो बापत वर्षभरिमा रु ५० हजार बराबरको स्वास्थ्य सेवा लिन पाइने प्रावधान छ । पाँचभन्दा बढी सदस्य भएका परिवारले एक व्यक्ति बराबर थप रु ४५० बढी तिरेर बिमा सदस्य बनेर रु ५० हजार बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था रहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *