अक्टोवर महिनालाई ‘स्तन क्यान्सर सचेतना महिना’को रुपमा मनाइदै

काठमाडौँ, १० असोज । नेपाल अर्वुद रोग निवारण संस्थाले अक्टोवर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउने भएको छ । बढ्दो स्तन क्यान्सरलाई नियन्त्रण गर्न महिनाभर यस्तो अभियान सञ्चालन गर्न लागिएको हो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल ( युआईसीसी)को नीति अनुरुप नै आफूहरुले पनि अक्टोवर महिनाभर स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाउन लागेको जानकारी दिए ।

एक महिने उक्त अभियानमा संस्थाले २७ असोजमा स्तन क्यान्सर जनचेतना रयाली, ३१ असोजमा घ्याम्पे डाँडाबाट पिंक कलरको चंगा उडाउने कार्यक्रम राखेको छ । यस्तै अक्टोवर महिनाभर भक्तपुर क्यान्सर अस्पतालमा निशुल्क स्तन क्यान्सर परीक्षणको व्यवस्था मिलाइएको छ ।

अध्यक्ष श्रेष्ठले देशका ४२ जिल्लामा रहेका आफ्ना शाखा कार्यालयमार्फत देशभर यो अभियानलाई लैजाने बताए ।
अभियानमा चिकित्सक नर्स , कलाकार, पत्रकार प्रहरी तथा नागरिक समाजका अगुवाहरुको सहभागिता हुने बताइएको छ ।

कार्यक्रममा बोल्दै क्यान्सररोग विशेषज्ञ डा रोशन प्रजापतिले जनचेतनाकै कारण परीक्षणमा सहभागिता बढेको र रोग पत्ता लाग्ने दरमासमेत बृद्धि भएको बताए । उनले पहिले पहिले अन्तिम अवस्थामा थाह हुने गरेकोमा अहिले सुरुवाती चरणमै यो केश पत्ता लाग्ने गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *