काठमाडौँ डाइविटिज एण्ड थाइराइड सेन्टरले नि:शुल्क थाइराइड परीक्षण शिविर गर्दै

192
Shares

ललितपुर, १० जेठ । विश्व थाइराइड दिवसको अवसरमा काठमाडौँ डाइविटिज एण्ड थाइराइड सेन्टरले शुक्रबार (भोलि ) थाइराइड रोग सम्वन्धि नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गर्दैछ । शिविर ललितपुरको जाउलाखेलथित अल्का अस्पताल परिसरसंगै रहेको सेन्टरमा विहान साढे ९ देखि अपरान्ह ४ बजेसम्म चल्ले बताइएको छ ।

शिविरमा निशुल्क टिएफटी ( थाइराइड फङ्सन टेष्ट) परीक्षण र निशुल्क औषधि वितरणको व्यवस्था मिलाइएको सेन्टरकी थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. प्रिया दर्शनी योन्जनले बताइन ।

उनले निशुल्क शिविरमा करीब २ सय जनाको निशुल्क परीक्षण गरिने लक्ष्य लिइएको जानकारी दिइन । उनले थाइराइड पहिचान भइसकेका विरामीले पुरानो कार्ड लिएर आउन समेत सल्लाह दिइन् ।

दिवसकै अवसर पारी सेन्टरले विहान ७ बजे प्रभातफेरीको आयोजना गर्ने जनाएको छ । त्यसले थाइराइड रोग सम्वन्धी जनचेतना अभिबृद्धीमा सहयोग पुग्ने विश्वास लिएको डा योञ्जनले बताइन ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *