विषाक्त खानाका कारण एकै गाउँका ८७ जना विरामी

0
Shares

चोङगोइङ, ८ जेठ । चीनको दक्षिणपश्चिमी उशान काउन्टीको एक वस्तीमा ‘विषाक्त खाना’का कारण कम्तीमा ८७ जना विरामी परेका सोमबार स्थानीय अधिकारीले बताएका छन् ।  

आइतबार एउटै भोजमा खाना खाएका उनीहरूले खाना खाएपछि असजिलो महशुस गरेपछि उपचारका लागि तत्कालै नजिकको अस्पतालमा भर्ना गरिएको थियो ।

स्थानीय समय अनुसार सोमबार विहान ११ बजेसम्ममा ३५ जनालाई उपचारपछि घर पठाइएको छ भने ५२ जनाले अझै अस्पतालमा भर्ना भै उपचार सेवा लिइरहेका छन् । अस्पतालमा उपचाररत सबैजना खतरामुक्त रहेको जनाइएको छ ।

उशानको सुरक्षा प्रशासनले उक्त घटनामा दोषी भनी आरोपित केही व्यक्तिलाई हिरासतमा लिएको छ भने विरामीहरूले प्रयोग गरेको तयारी खानाको नमूना परीक्षणका लागि ल्यावमा पठाइएको छ । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *