प्रदूषित पानीको कारण पाँचको मृत्यु १८ विरामी

52
Shares


कम्बोडिया, २२ वैशाख । कम्बोडियाको क्राती प्रान्तमा प्रदूषित पानीका कारण पाँच जनाको मृत्यु भएको छ । प्रदूषित पानीकै कारण अरु १८ जना बिरामी भएर उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी अधिकारीले शनिबार जनाएका छन् ।

“शुक्रबारसम्म दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको छ, अरु १८ जना पनि विरामी भएकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ,” क्राती प्रान्तका प्रहरी उपप्रमुख ओम फिले भने ।

उनले ग्रामिण क्षेत्रमा पिउने पानी नहरबाट ल्याउने गरेको र त्यो पानी प्रदूषित रहेको बताए ।

प्रदूषित पानी पिउनेलाई छाती दुख्ने, बान्ता आउने, पेट र आँखा दुख्नेलगायतका लक्षण देखिने गरेको फिले जानकारी दिए । रासस/सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *