अदालतको आदेशपछि स्वास्थ्य केन्द्रमा पुगे चिकित्सक

76
Shares

नेपालगञ्ज, २३ चैत । बाँके नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा एक जना चिकित्सकलाई पठाइएको छ ।

उच्च अदालत तुलसीपुर—नेपालगञ्ज इजलाशले गत चैत १४ गते विशेषज्ञ चिकित्सक पठाउन सरकारका नाममा आदेश जारी गरेपछि डा भीष्मप्रसाद पोखरेललाई सो स्वास्थ्य केन्द्रमा पठाइएको गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले जानकारी दिए ।

नरैनापुर गाउँपालिका—२ लक्ष्मणपुरमा २०५० सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी भए पनि त्यहाँ चिकित्सकहरु नियमित बस्ने गरेका थिएनन् ।

अदालतबाट भएको सो आदेशले गाउँपालिकाका नागरिकलाई ठूलो राहत मिलेको अध्यक्ष शाहले बताए । उनले स्वास्थ्य केन्द्रमा चिकित्सकलाई नियमित बनाई राख्न गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको अस्पतालको काम छिट्टै सक्ने प्रतिबद्धता पनि व्यक्त गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *