गर्भपतनबारे सचेत गराउन सडक नाटक
पाल्पा, २४ फागुन । गर्भपतन गराउँदा ध्यान दिनुपर्ने कुरामा सचेत गराउँदै सडक नाटक प्रदर्शन गरिएको छ ।
पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा सो नाटक प्रदर्शन गरिएको हो । प्रजनन स्वास्थ्य तथा सुरक्षित गर्भपतनका विषयमा सडक नाटक देखाइएको हो । यस नाटकले महिलामा सुरक्षित गर्भपतन गराउने तरिका, समय, असुरक्षित गर्भपतनले निम्त्याउने जोखिम लगायतका विषयमा जानकारी लिने अवसर मिलेको स्थानीयवासी रामप्रसाद भण्डारीले बताए ।
नाटक प्रदर्शनीका अवसरमा यहाँका स्थानीयवासी र महिलाको बाक्लो उपस्थिति रहेको थियो । नेपाल परिवार नियोजन संघ, जिल्ला स्वास्थ्य कार्यालय र आइपास नेपालको आयोजनामा उक्त नाटक प्रदर्शनी गरिएको हो । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]