बायाँ खुट्टाको अप्रेसन गर्न नर्भिक पुगेकी विरामीको दायाँ खुट्टाको गरियो अप्रेशन

काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका विरामीको उपचारमा गम्भीर गल्ती गरेको पाइएको छ । हस्पिटलमा कार्यरत चिकित्सकले बायाँ खुट्टाको अप्रेसन गर्नुपर्ने एक विरामीको दायाँ खुट्टाको अप्रेसन गरेको पाइएको हो ।

उपचारमा गम्भीर लापरबाही भएको भन्दै विरामी पक्षले आपत्ती जनाएपछि चिकित्सक र अस्पताल प्रशासनले यो घटनालाई मानवीय त्रुटी भन्दै विरामीको अहिलेसम्मको उपचार खर्च र थप उपचार गर्नुपर्दा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने प्रतिवद्धता जनाएको छ ।

बायाँ खुट्टामा समस्या भएकी चितवनकी ३८ बर्षीया विन्दु पौडेल शुक्रबार विहानै उपचारका लागि नर्भिक पुगेकी थिइन । त्यसअघि गरिएको परीक्षणमा डाक्टरले बायाँ खुट्टाको लिगामेन्टमा समस्या भएको भन्दै अप्रेशन गर्न सुझाएका थिए । सोही अनुसार उनी परिवार सहित शुक्रबार विहान साढे ९ बजे नर्भिक पुगेकी थिइन ।

पुगेको केही क्षण पछि नै उनलाई भर्ना गरियो र अप्रेशनका लागि तयार गरियो । तर अप्रेसन पछि अपरान्ह पौडेललाई भेटन पुगेका उनका श्रीमान सहित आफन्त त्यतिवेला छक्क परे जतिवेला उनीहरुको विरामीको बायाँ खुट्टाको सट्टा दायाँ खुट्टाको अप्रेशन भएको थियो ।

नर्भिकले शनिबार भएको सहमतिमा डा प्रविण नेपाल र शैलेज रञ्जितकारको मानवीय त्रुटी भएको बताएको छ । सहमति पत्रमा अस्पतालका निर्देशक राजेन्द्रबहादुर सिंह, विरामीको पति किशोर पौडेल, चिकित्सक द्धय नेपाल र रन्जितकार सहित विरामीको आफन्तहरुले हस्ताक्षर गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *