सिविककी सञ्चालक पाण्डे छुटिन साधारण तारेखमा, अर्का सञ्चालक तिमल्सेना ५ लाख धरौटीमा

104
Shares

काठमाडौँ । गैरकानूनी रुपमा चिकित्सकीय अभ्यास गर्ने गराउने सिविक अस्पतालकी सञ्चालक प्रतिभा पाण्डे र सोही अस्पतालका अष्टेलियन चिकित्सक  साराहा अन्ने केम्प रिहा भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले उनीहरुलाई बुधबार साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।

नेपाल मेडिकल काउन्सिलसंग स्वीकृत नलिई चिकित्सकीय अभ्यास गरेको तथा गराएको आरोपमा गत १६ माघमा उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले पक्राउ गरेको थियो । सीआईवीले उनीहरुमाथि ठगी मुद्धा चलाएको थियो ।

जिल्ला अदालतले जोरपाटीस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टरका एक चिनियाँ चिकित्सकलाई भने जेल चलानको आदेश दिएको छ । अर्का एक चिनियाँ चिकित्सक साधारण तारेखमै छुटेका छन्। चाइनाग्रेटवालका सञ्चालक नारायण तिमिल्सना ५ लाख धरौटी बुझाएर रिहा भएका छन् ।

सीआईवीले गत माघ १६ गते ठमेलको एपोलो इन्टरनेसनल पोलिक्लिनिकबाट ९ जना, सिविक हस्पिटलबाट २ जना, चाइना ग्रेट वाल सेन्टरबाट ३ जना, चाइना पिपल्स हस्पिटलबाट २ जना र चाइनिज डेन्टल अस्पतालबाट १ जना गरी १७ जनालाई पक्राउ गरेको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *