कडा खालको रुघाखोकीबाट अल्जेरियामा २१ को मृत्यु

60
Shares

अल्जेरिया, १ फागुन । कडा खालको मौसमी रुघाखोकी ‘इन्फुएलेन्जा – ए एच १ एन१’ बाट अल्जेरियामा २१ जनाले ज्यान गुमाएका छन् ।
ज्यान गुमाउनेहरुमा ४ देखि ६५ बर्षसम्मका नागरिकहरु रहेको सरकारी अधिकारीहलाई उद्दृत गर्दै राज्य नियन्त्रित टेलिभिजनहरुले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयको सरुवारोग रोकथाम नियन्त्रण केन्द्रका निर्देशक जामेल फौरारले एच१एन१बाट बच्च बच्चा देखि बृद्धहरुसम्मको ज्यान गएको भन्दै सतकर्ता अपनाउन आग्रह गरे ।

यसअघि गत डिसेम्बरमा स्वास्थ्य मन्त्री मोख्तर हास्बेल्लाउइले कसैलाई पनि एच१एन१ नभएको दावी गरेका थिए ।  तर जनवरीमा अल्जेरिया पास्चर इन्स्टिच्युटले ‘एच १ एन१’बाट ३५ जना प्रभावित भएको घोषणा गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *