चट्टान मुनिको अस्पतालमा हानिकारक ‘सारिन’ ग्यासबाट आक्रमण

56
Shares

वासिङ्टन, २० माघ । अमेरिकाले सिरियाको विद्रोही नियन्त्रित क्षेत्रस्थित चट्टानमा बनेको एउटा अस्पतालमा शक्तिशाली हवाई हमलामा सारिन ग्यास प्रयोग भएको भन्दै यसप्रति चासो व्यक्त गरेको छ ।

अमेरिकी रक्षामन्त्री जेम्स माटिसले हमलामा हानिकारक ग्यास (सारिन)को प्रयोग भएको भन्ने खबर दुखद भएका बताए ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्रस्थित चट्टानको २० मिटर तल बनेको एउटा अस्पतालमा शक्तिशाली हवाई हमलाले क्षति पुया¥एको अस्पताल स्रोतहरूले बताएका थिए ।

हामा प्रान्तस्थित उक्त अस्पताल देशको सबैभन्दा संरक्षित अस्पताल मानिन्थ्यो जहाँको सेवा बिहीवार यता अवरुद्ध भएको उनीहरूले बताएका छन् । उक्त हमलामा कुनै मानवीय क्षति भने भएको छैन तर सहायताकर्मीका अनुसार सिरियाको अस्पतालमा भएको हमला मध्येको यो सबैभन्दा नराम्रो हो ।

यसैबीच संयुक्त राष्ट्रसंघले सिरियाको घेराबन्दीमा रहेको क्षेत्रमा सहायता पुग्न नसकेको जनाएको छ ।

५० हजार विरामीलाई हेर्ने र एक महिनामै करिब १ सय ५० वटा ठूला अपरेसनहरू हुने उक्त अस्पतालमा ठूलो क्षति पुगेको अस्पताल श्रोतले जनाएको छ । यस बर्षको जनवरीमा मात्रै सिरियाका अस्पतालहरूमा पटक पटक हमला भएको बताइएको छ । रासस/एएफ्पी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *