पाल्पाको पूर्वखोलामा ८० बर्ष माथिकाको स्वास्थ्य परीक्षण घर घरमा

पाल्पा, ४ माघ । जिल्लाको पूर्वखोला गाउँपालिकाले प्रत्येक वडावडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न थालेको छ । बुढेसकाल लागेपछि विभिन्न खाले रोगले सताउने भएकोले त्यसलाई न्युनिकरण गर्न गाउँपालिकाले स्वास्थ्य परीक्षण कार्य अघि बढाएको हो ।

रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्य, विरकोट स्वास्थ्य चौकी प्रमुख मोहन ढकालले ३८ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेका छन् ।

‘खासमा यो गाँउपालिका भित्रका बृद्ध बृद्धाका लागि स्वास्थ्य परीक्षण सहज बनाउने अभियान हो । हामीले ८० बर्ष माथिका बृद्ध बृद्धाको स्वास्थ्य परीक्षण घर घरमा गएर गर्ने गरेका छौँ,’  बीरकोट स्वास्थ्य चौकीका इन्चार्ज ढकालले बताए ।

गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले वृद्ध नागरिकलाई बुढेसकालमा धेरै हेरचाहको आवश्यकता पर्ने महसुस गरेर स्वास्थ्य परीक्षण अभियान शुरु गरेको बताए । ‘उहाँहरु(बृद्ध बृद्धा) हिडेर स्वास्थ्य संस्थासम्म पुग्न गाह्रो हुन्छ । त्यसैले हाम्रा स्वास्थ्यकर्मी घर घरमै पुगेर स्वास्थ्य परीक्षण गर्न थाल्नुभएको छ । यो बृद्ध बृद्धाका लागि सम्मान पनि हो,’ अध्यक्ष थापाले भने ।

यता गाँउपालिकाले केही दिन अघि मात्रै  वडा नं १ को अल्कीचौर–३ को अर्खलडाँडामा स्वास्थय शिविर सञ्चालन गरेको थियो ।  शिविरमा दाँत, घाउ खटिरा, कान तथा विभिन्न खाले समस्या भएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *