नर्सहरुसंग बार्ता गर्न स्वास्थ्य मन्त्रालयद्धारा समिति गठन
काठमाडौँ, ३ माघ । स्वास्थ्य मन्त्रालयले आन्दोलनरत नर्सहरुसंग उच्चस्तरीय बार्ता समिति गठन गरेको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय बार्ता समिति गठन गरेको हो ।
समितिमा डा गुणराज लोहनी, बरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठ र नर्सिङ प्रशासक कल्पलता सुब्बा रहेका छन् ।
विभिन्न एघार सुत्रीय माग अघि सार्दै नर्सहरु विगत ८ दिन देखि आन्दोल गरिरहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



