नयाँ बर्षको पहिलो दिन विश्वभर जन्मिए तीन लाख शिशु

60
Shares

एजेन्सी । सन् २०१८को पहिलो दिन विश्वभरी तीन लाख ६ हजार शिशु जन्मिएका छन् । त्यसमध्ये आधा जनसंख्या विभिन्न नौ देशका रहेको युनिसेफले जनाएको छ ।

बालबालिकाको अधिकारका लागि कार्यरत संयुक्त राष्टसंघको संगठन युनिसेफले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार नयाँ बर्षको पहिलो दिन जन्मिएका कुल शिशुमध्ये बंगलादेशमा मात्रै २.१७ प्रतिशत छ ।

युनिसेफका अनुसार नयाँ बर्षको पहिलो दिन धेरै शिशु जन्मिने देशमा भारत पहिलो स्थानमा रहेको छ । भारतमा मात्र सो दिन ६९ हजार ७० शिशु जन्मिएका छन् । चीनमा ४४ हजार ७६० शिशु जन्मिएका छन् । जन्मेमध्येका प्राय सबै शिशु स्वस्थ हुने भएपनि कतिपय अवस्थामा मृत्यु हुने घटना देखिएको युनिसेफले जनाएको छ ।

सन् २०१८को पहिलो दिन पहिलो शिशु किरिवाटीको क्रिसमस टापुमा र अन्तिम शिशु अमेरिकामा जन्मिएको युनिसेफले जनाएको छ ।

नयाँ बर्षमा कहाँ कति शिशु जन्मिए ?
भारत                    ६९, ०७०
चीन                       ४४, ७६०
नाइजेरिया            २०, २१०
पाकिस्तान            १४, ९१०
इन्डोनेसिया          १३, ३७०
अमेरिका               ११, २८०
कंगो                         ९, ४००
इथोपिया                  ९, ०२०
बंगलादेश                ८, ३७०

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *