बेलायती युवकहरु कण्डम प्रयोग गर्न किन अल्छि ? सर्भेले देखायो यस्तो रिपोर्ट

लण्डन ।बेलायतमा गरिएको एक सर्भेक्षणका अनुसार १६ देखि २४ बर्ष उमेर समूहका झण्डै ५० प्रतिशत युवाले पहिलो पटक सेक्स गर्दा कण्डम प्रयोग गर्दैनन् ।

किन गर्दैनन ? कारण यस्तो छ : धेरै जसोले कण्डमले यौनको स्वादलाई फिक्का गरिदिने अर्थात कण्डमले यौन आनन्दमा कमि ल्याउने बताएका छन् । कतिपयले कण्डम प्रयोग नगर्नुको पछाडी रक्सीलाई कारक ठहरयाएका छन् । मदिरामा मात्तिएका बेला होस हुँदैन् लापरबाह पुर्वक सेक्स हुन्छ । कतिपयले भने पार्टनरले प्रयोग गर्ने परिवार नियोजनका अन्य साधानहरु जस्तै पिल्स तथा इम्प्लान्टको समेत प्रयोग समेत कारक भएको बताएका छन् ।

बेलायतको स्वास्थ्य विभागले गरेको सर्भेक्षणमा ठूलो युवा समूह कण्डमको प्रयोगबाट बाहिरै रहेको पाएपछि प्रयोग बढाउने अभियान शुरु गरिएको बताइएको छ । खासगरी २५ बर्ष मुनिका युवाहरुलाई संक्रामक रोगबाट बचाउँन अभियान शुरु गरिएको हो । त्यसो त यौन स्वास्थ्यको लागि पछिल्लो आठ बर्ष यता सरकारले पहिलो पटक क्याम्पियन समेत शुरु गरेको जनाएको छ ।

सर्भेक्षणले १६ देखि २४ बर्ष उमेर समूहका करीब आधा जसो युवकहरुले नयाँ साथीसंग यौनसम्पर्क गर्दा कण्डमको प्रयोग नगरेको देखाएको थियो । त्यस्तै सर्भेक्षणले हरेक १० मध्ये एक जना युवकले कहिल्यै पनि कण्डमको प्रयोग नगरेको देखाएको छ ।

विना कण्डोमको मजा
रेक्सिम निवासी १९ बर्षीय जोर्डन भन्छन, ‘म धेरै केटीहरुसंग विना कण्डम यौनसम्पर्क गरिसकेको छु ।’  उनले आफ्नो यौन जीवनमा ५० प्रतिशतसंग मात्रै कण्डमको प्रयोग गरेको बताए । उनले कण्डम प्रयोग नगर्नुमा एउटा कारण आफू मदिराले लठ्ठिनु समेत भएको बताए । उनले मदिराले ‘झ्याप’ हुँदा बढी लापरबाह हुने बताए ।

सर्भेक्षणमा यो पनि थाह भयो कि नशाले गर्दा कण्डमको प्रयोग नहुँदो रहेछ । जोर्डनका यौन पार्टनर लिडिया पनि यो कुरामा सहमत छिन् । उनी भन्छिन्, ‘मात्तिएका बेला सुरक्षित सेक्सको सम्भावना निकै कम हुँदो रहेछ ।’  उनीहरुले त्यसरी सेक्स गर्दा अर्को दिन गल्ती गरेको महशुस गर्दै परीक्षणका लागि क्लिनिक समेत पुगेको बताए ।

कण्डमको प्रयोग नगर्ने अर्को कारण पार्टनरले परिवार नियोजनका अन्य साधानहरु पिल्स तथा इम्प्लान्टको समेत प्रयोग हुने गरेको बताएका छन् । २० बर्षीया विद्यार्थी एली भन्छिन् यो आम समस्या हो ।

एली भन्छिन्, ‘जो युवकसंग विना कण्डम राखेँ त्यतिवेला संक्रामक रोगको भन्दा पनि गर्भ रहने हो कि भन्ने आशंका थियो । उनी भन्छिन्, यदि गर्भ रहयो भने यसको जिम्मेबारी केटाहरुमा पनि जान्छ तर यदि यौन संक्रमण भयो भने यो आफ्नो मात्रै समस्या हुनजान्छ । यदि केटी गर्भनिरोधक चक्की लिन्छ भने उसले कण्डम नलगाएपनि हुन्छ भन्ने संकेत दिएको पनि हो ।’

सन् २०१६ मा बेलायतमा क्लामेडिया तथा गनोरियाजस्ता यौन रोगबाट १५ देखि २४ बर्ष उमेरका १ लाख ४१ हजार व्यक्ति पिडीत थिए । २४ बर्षीय जेसीले कण्डम विनाको यौनसम्पर्कका कारण आफू पनि यी दुई रोगबाट पिडीत भएको बताए ।

कण्डम प्रयोग नगर्दाको असर 
जेसीले भन्छिन्, ‘त्यो राम्रो अनुभव थिएन, पेट तथा जाँघको बीचमा दुखाई महशुस हुन्थ्यो । पिसाव गर्दा पोल्ने गर्दथ्यो । सबैभन्दा दुखको कुरा त यो थियो कि मैले पूर्व र बर्तमान यौन साथीलाई पनि सो रोग सारिदिएँ । उनीहरुलाई पनि क्लिनिक गएर औषधि गर्नुपरयो ।’

जेसीले यो अनुभव पछि कण्डमको प्रयोग गर्न थालेका छन् । उता गनोरिया रोगको उपचारमा पनि पहिले जस्तो एन्टीबायोटिकले काम नगर्दा चिकित्सक समेत चिन्तित छन् ।

डाक्टर सारा केयाट भन्छिन्, ‘यौन संक्रामक रोगबाट बच्न सबैभन्दा सजिलो तरिका कण्डमको प्रयोग गर्नु नै हो ।’

  • बीबीसीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *