प्लास्टिकको झोलामा नवजात शिशुको शव

56
Shares

नुवाकोट, ३ पुस । विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लास्टिकको झोलामा नवजात शिशु (बालक) को शव भेट्टिएको छ ।

आइतबार अपराह्न खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ ।

स्थानीयबासीले खोला किनारमा भेट्टाएको प्लास्टिकको झोला फोहोर पदार्थ ठानेर अन्यत्र फ्याक्ने क्रममा मृत बच्चा देखेपछि खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।

जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकका अनुसार भेट्टिएको शिशु २४ घण्टा अघि जन्मेको र त्यसलगत्तै झोलामा पोको पारेर फ्याकिएकाले मृत्यु भएको पाइएको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ भने शव फ्याक्ने व्यक्तिको खोजी भइरहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *