चिकित्सक लाइसेन्स परीक्षा : एमबीबीएसमा ३८ प्रतिशत, बीडीएसमा ५१ प्रतिशत उत्तीर्ण

4.5k
Shares

काठमाडौँ, १६ मंसिर । नेपाल मेडिकल काउन्सिलले आज लिएको एमबीबीएस र बीडीएस तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा जम्मा ३९ प्रतिशत उत्र्तीण भएका छन् ।स्वयम्भू सानोभरयाङ स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा आज भएको परीक्षामा बाँकी ६१ प्रतिशत अनुतीर्ण भएका छन् ।

नेपाल मेडिकल काउन्सिलका प्रवक्ता डा. दिलिप शर्माका अनुसार आजको परीक्षामा एमबीबीएस तर्फ १ हजार २०२ जना सहभागी थिए ।त्यसमध्ये ४६१ जना (३८.३ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् ।त्यस्तै बीडीएस तर्फ कुल ८५ जना सहभागी भएपनि ४३ जना (५०.५८ प्रतिशत) मात्रै उत्तीर्ण भएका हुन् । 

यसअघि साउनमा भएको लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ ४४ प्रतिशत र बीडीएस तर्फ ७० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

एमबीबीएस र बीडीएस पास गरिसकेका विद्यार्थी सहभागी भई डाक्टर बन्न लिइने लाइसेन्स परीक्षामा यति धेरै अनुतीर्ण हुनुले पछिल्लो पटक मेडिकल शिक्षाको गुणस्तरमा शंका गर्नु पर्ने ठाँउ देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *