सेती, भीम र हेटौडा अस्पतालको बेड संख्या बढाइयो
काठमाडौँ, ८ मंसिर। सरकारले तीनवटा अस्पतालको स्तरोन्नती गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले हेटौडा अस्पताल मकवानपुर, सेती अञ्चल अस्पताल धनगडी र भीम अस्पताल भैरहवा रुपन्देहीको स्तरोन्नती गरेको हो ।
बैठकले १०० बेडको हेटौडा अस्पताललाई ३०० बेडमा, ५० बेडको सेती अञ्चल अस्पताललाई ३०० बेडमा र २५ बेडको भीम अस्पताल रुपन्देहीलाई ५० बेडमा स्तरउन्नती गरेको हो ।
आजको बैठकले स्वास्थ्य मन्त्रालयको रिक्त १२ औँ तहको दुईवटा पदमा क्रमश डा तरुण पौडेल र डा सुशीलनाथ प्याकुरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



