के सेक्स र आकस्मिक हृदयघातबीच सम्वन्ध छ ?

केटी सिल्वर, बीबीसी  । हालै भएको एक अनुसन्धानले सेक्स गरिरहेका बेला सडन कार्डियाक अरेष्ट (आकस्मिक हृदयघात) हुने सम्भावना महिलाको तुलनामा पुरुषमा बढी हुने देखाएको छ । तर यस्तो समस्या कहिलेकाँही मात्रै हुने अनुसन्धानले स्पष्ट पारेको छ ।

अमेरिकाको सीडर सायनाय हार्ट इन्स्टिट्यूटका डाक्टर सुमीत चुघले ४ हजार ५५७ वटा हृदयघात सम्वन्धी केशको जाँच गरेका थिए । जसमा ३४ वटा केश मात्रै सेक्स गर्दाको बखत वा त्यसको एक घण्टा भित्र भएको पाइएको थियो । यो ३४ वटा केशमा ३२ वटा पुरुषको थियो ।

डाक्टर चुघले सेक्स र आकस्मिक हृदयघातको सम्वन्ध जाँच सम्वन्धी यो आफ्नो पहिलो अनुसन्धान भएको बताए । उनले यो अनुसन्धान प्रतिवेदन अमेरिकन हार्ट एसोसिएशनको कन्फेन्समा समेत प्रस्तुत गरेको बताए ।

‘कार्डियाक अरेष्ट’ ‘ हर्ट एट्याक’ होइन

डा. चुघ भन्छन्, ‘काडिर्याक अरेष्ट र हार्ट एट्याक फरक कुरा हो ।’  उनका अनुसार हर्ट एट्याक त्यतिवेला हुन्छ, जब मुटुमा जाने रगत प्रक्रियामा अवरोध उत्पन्न हुन्छ । त्यस्तै ‘सड्न कार्डियाक अरेष्ट’मा पनि केही गडबडीका कारण अचानक मुटुले काम गर्न बन्द गर्छ ।यो अवस्थामा व्यक्ति बेहोस हुन्छ । स्वासप्रस्वासमा बन्द हुन्छ । त्यतिवेला तत्काल सहि उपचार पाएन भने ज्यानै समेत जानसक्छ ।

‘कार्डियाक अरेष्ट’संग जोडिएको केही तथ्य

  • अस्पताल भन्दा बाहिर हुने कार्डियाक अरेष्टमा ९० प्रतिशत केश बचाउँनै सकिदैन ।
  • तत्काल सीपीआर नपाउँदा पनि विरामीको बाच्ने सम्भावना हरेक मिनेट १० प्रतिशतले कम हुँदै जान्छ ।
  • यदि पहिलो केही मिनेटमै सीपीआर मिल्यो भने विरामीको बाँच्ने सम्भावना दुई देखि तीन गुनाले बढछ ।
  • सीपीआरको दौरानमा छातीमा एक मिनेटमा १०० देखि १२० पटक सम्म दवाव दिनुपर्छ ।
  • यसलाई सम्झनका लागि अमेरिकाको म्यूजिक व्याण्ड बीजीजका गीत स्टेइङ अलाइवको सुन्न सल्लाह दिइन्छ ।

पहिले देखिनै बिरामी थिए धेरै व्यक्तिहरु
डाक्टर चुघ र उनका सहयोगिहरुले पोर्टल्याण्डमा सन २००२ देखि २०१५ सम्म बयस्यहरुमा आउने सडन कार्डियाक अरेस्ट सम्वन्धी केशको अनुसन्धान गरे । जसमा एक प्रतिशत भन्दा कम केशमा यसको कारण सेक्स थियो । ती मध्ये अधिकांश केश मध्यम उमेरका अफ्रिकि अमेरिकी व्यक्तिमा थियो जो पहिले देखि नै मुटुसम्वन्धी रोगबाट ग्रसित थिए ।

सीपीआर दिन सबैले जान्नुपर्छ
अध्ययनमा यो कुरा पनि थाह भयो कि एक तिहाई केशमा मात्रै सिपिआर दिइयो । जबकी त्यतिवेला व्यक्ति एक्लै थिएन । डा चुघका भन्छन्, ‘यदि अर्को व्यक्तिलाई सीपीआर कसरी दिने भन्ने बारेमा थाह भएको भएँ ती व्यक्तिहरुलाई जोगाउन सकिन्थ्यो । त्यसैले सबैले सीपीआर सिक्न जरुरी छ ।’

सीपीआर इमरजेन्सीमा दिइन एक प्राथमिक उपचार हो । जसमा छातीमा जोड जोडले पटक पटक थिचिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *