निमोनियाका कारण केन्यामा बार्षिक ३१ हजार बालबालिकाको मृत्यु

नैरोबी, २८ कात्तिक । केन्यामा बर्षेनी झण्डै ३१ हजार जना बालबालिकाले ज्यान गुमाउने गरेको एक सरकारी तथ्यांक सोमबार सार्वजनिक भएको छ ।
स्वास्थ्य मन्त्री क्लेओपा माइलुले पर्याप्त स्वास्थ्य सचेतना बृद्धि गर्ने र प्रवद्र्धन गर्ने कार्यक्रमहरु नभएकाले मृत्यु हुनेहरूको संख्या धेरै रहेको बताएका छन्।
“नवजात शिशुहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहजै पहुँच हुन नसक्नु हाम्रो स्वास्थ्य सेवाको ठुलो चुनौति हो,” उनले भने ।
उहाँले केन्याका नागरिकहरुलाई स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै विषेश गरेर बालबालिकाको हेरचाह र खानपानमा ख्याल गर्ने समेत आह्वान गरेका छन् । रासस/सिन्ह्व
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



