अष्ट्रेलियामा मृत्युको मुख्य कारण मुटु रोग

16
Shares

कान्बेरा, ९ कात्तिक । अष्ट्रेलियामा मृत्यु भएका मध्ये सबैभन्दा धेरै मुटु रोगका कारण मृत्यु भएको पाइएको छ ।

सन् २०१६ मा मृत्यु भएकाको तथ्यांकलाई हेर्दा मुटु रोग नै मृत्युको मुख्य कारण देखिएको बुधबार सार्वजनिक गरिएको एक प्रतिवेदनमा उल्लेख छ ।

वर्षभरीमा मृत्यु भएका कुल एक लाख ५८ हजार ५०४ जनामध्ये १९ हजार ९९ जनाको मुटुसम्बन्धी रोगका कारण मृत्यु भएको पाइएको छ । यो संख्याका आधारमा हेर्दा मृत्यु भएका मध्ये १२ प्रतिशतको मृत्युको पछाडि मुटु रोग देखिएको छ ।

त्यसैगरी दोस्रो मुख्य कारण मनोभ्रंश भएको छ । मनोभ्रंशका कारण ८।३ प्रतिशतको मृत्यु भएको प्रतिवेदनमा जनाइएको छ । वर्षभरी मृत्यु भएका मध्ये ६।६ जनाको मृत्यु भने दिनमागमा रगत जमेर हुने समस्या ९सेरेब्रोभास्कुलर० का कारण हुने गरेको पाइएको छ । यो मृत्युको तेस्रो ठूलो कारण देखिएको छ । रासस÷सिन्ह्वा

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *