चिसो पानीले हात धोए पनि मर्छ किटाणु : अध्ययन्

64
Shares

एजेन्सी  । साधारणतया चिसो पानीले हात धुनुभन्दा तातो पानीले हात धुनु राम्रो ठानिन्छ ।

तर हालै गरिएको एक अनुसन्धानले यस्तो प्रतिवेदन दिएको छ कि चिसो पानीले हात धुँदा पनि तातो पानीले जस्तै फाइदाजनक हुन्छ ।

रुटगेयर्स युएस युनिभर्सिटीका प्राध्यापक डानाल्ड भन्छन, ‘किटाणु मार्नका लागि तातो पानीजस्तै चिसो पानी पनि लाभदायी हुन्छ ।’ अनुसन्धानलाई उदृत गर्दै उनी भन्छन, ‘१० सेकेण्डसम्म हात धुँदा व्याक्टेरियाको सजिलैसंग मर्न सक्छ ।’

अर्का  अनुसन्धानकर्ता भन्छन्, ‘हात धोएपछि सहज महसुस हुनुपर्छ यसमा पानीको तापक्रमको कोही प्रभाव पर्दैन ।’

यसरी गरियो अनुसन्धान
अनुसन्धानमा सहभागी २१ जनाको हातमा हानी नगर्ने खालको ब्याक्टेरिया राखिएको थियो । यसपछि छुट्टा छुट्टै तापक्रमको पानीले हात धुन लगाइयो ।

साथै सावुनको मात्रा समेत छुट्टा छुट्टै थियो । नतिजा यस्तो आयो कि चिसो पानीले धुनेको हात र तातो पानीले धुनेको हात दुबै सफा थियो र ब्याक्टेरिया  थिएन । यति मात्रै होइन अनुसन्धानले यो पनि भनेको छ कि सावुनको मात्रै धेरै लगाउनुपर्छ भन्ने पनि छैन । तर हात राम्ररी धुनुपर्छ ।

किन गरियो यस्तो अनुसन्धान
यो अनुसन्धान खासगरी रेष्टुराँ तथा खाद्य उद्योगको ध्यानमा राखेर गरिएको थियो । हरेक चार बर्षमा युएस फूड एवं ड्रग एडमिनिष्ट्रेशनले नयाँ गाइड लाइन जारी गर्छ ।

यसपटक जारी गरेको सरसफाईको गाइडलाइन हरेक फुड रेस्टुराँमा ३७ डिग्री सेल्सियस सम्मको तामक्रम रहेको पानी उपलव्ध हुनुपर्ने बताइएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *