दशैं अघि स्थगित अनशन आजबाट जोड्दै डा. गोविन्द केसी

44
Shares

काठमाडौँ, १९ असोज । डा. गोविन्द केसीले पूर्वघोषित अनशनका कार्यक्रम आजबाट निरन्तरता दिने भएका छन् । चिकित्सा शिक्षा विधयेक तोडमोडका साथ पास हुन लागेको भन्दै गत ९ असोजमा आकस्मिक रुपमा अनशन थालेका डा. केसीले ११ असोज( दुई दिन पछि नै) मा स्थगित गरेका थिए ।

विधेयक अघि नबढेको र दशैं लागिसकेको भन्दै उनले १९ असोज (आजबाट) बस्ने भन्दै त्यतिवेला अनशन स्थगित गरेका थिए ।
डा. केसीका सहयोगीहरुका अनुसार आज साढे ४ बजे देखि उनी पूर्ववत ठाँउ त्रिवि शिक्षण अस्पतालमा आफ्नो अनशनलाई निरन्तरता दिने सुरुमा छन् ।

डा. केसीले आफ्ना सुझाव समेटेर चिकित्सा शिक्षा विधेयक पास हुनुपर्ने, त्रिविका पदाधिकारीलाई कारबाही गर्नुपर्ने, आयल निगम र साझा प्रकाशनबाट बर्खास्त भएका प्रमुखहरुलाई कारबाही गर्नुपर्ने लगायतका ४ बुँदे माग अघि सारेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *