तेह्रथुम जिल्ला अस्पतालले सञ्चालनमा ल्यायो आफ्नै फार्मेसी

52
Shares

तेह्रथुम, १९ असोज । जिल्ला अस्पताल, तेह्रथुमले फार्मेसी सेवा सुचारु गरेको छ ।

अस्पतालमा आउने बिरामीको सुविधालाई ध्यानमा राख्दै फार्मेसी सेवासमेत शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा मुक्तिनारायण साहले बताए ।

फार्मेसी शुरु भएपछि बिरामीलाई निजी क्लिनिकबाट महँगो शुल्क तिरेर औषधि किन्नुपर्ने बाध्यता हटेको छ ।

अस्पतालभित्रै रहेको फार्मेसीमा सरकारले निःशुल्क दिने ७० सहित अत्यावश्यक १०० भन्दा बढी प्रकारका औषधि उपलब्ध रहेका छन् । निःशुल्क पाउनेबाहेकका औषधि १० प्रतिशत छुटमा २४ सै घण्टा बिरामीलाई उपलब्ध गराइएको डा साहले जानकारी दिए ।

फार्मेसी सञ्चालनका लागि जिल्ला स्वास्थ्य कार्यालयले रु दुई लाख ५० हजार बीउ पूँजीका रुपमा खर्च गरेको छ । सोही रकमले अत्यावश्यक औषधि अस्पतालभित्रै उपलब्ध गराउने प्रयत्न गरिएको हो । चालु आर्थिक वर्षमा पनि बजेट थप गरेर अझै व्यवस्थित गर्ने योजना रहेको डा साहले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *