झाडापखालाबाट एकको मृत्यु, १२ जना बिरामी

52
Shares

दोलखा १६ असोज । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका–९, साविक गौरीशंकर गाउँपालिकाको सिमीगाउँमा झाडापखालाबाट एकजनाको मृत्यु भएको छ ।

झाडापखालाबाट आइतबार सिमीगाउँका ७९ वर्षीय तेन्जी शेर्पाको मृत्यु भएको स्थानीय मिङ्मानुरी शेर्पाले जानकारी दिए । उनका अनुसार गाउँमा अझै १२ जना झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन् । बिरामी परेकामध्ये तीनजना सिकिस्त छन् ।

गौरीशंकर गाउँपालिका–९ सिमीगाउँबाट मानिस बिरामी परेको खबर आएपछि औषधिसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जानकारी दिए ।

उनले उहाँले सिमीगाउँमा झाडापखाला र ज्वरोबाट एकजनाको मृत्यु भएको र करिव २० जना बिरामी भएको खबर आएकाले स्वास्थ्यकर्मीको टोली पठाइएको बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *