कालिगण्डकी आँखा उपचार केन्द्रलाई ९ लाख सहयोग
पाल्पा, १२ असोज । कालिगण्डकी आँखा उपचार केन्द्र, रामपुर, पाल्पालाई रु नौ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।
लामो समयदेखि पाल्पाको शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका जापानी समाजसेवी काजुमासा काकिमी (ओकेबाजे) को पहलमा ‘फ्रेन्ड्स जापान’ नामक संस्थामार्फत प्राप्त रु नौ लाख रकम आँखा उपचार केन्द्रलाई प्रदान गरिएको हो ।
ओकेबाजेले आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेललाई सो रकम हस्तान्तरण गरे। जापानी समाजसेवी ओकेबाजेले यस आँखा उपचार केन्द्रका लागि रु ४५ लाखभन्दा बढी आर्थिक सहयोग र विभिन्न भौतिक उपकरण सहयोग गरिसकेका छन् । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



