स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारको आग्रह
नेपाली हेल्थ २०७४ असोज ९ गते १३:२६ 0 
काठमाडौँ, ९ असोज । सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ ।
आजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।
सूचना तथा सञ्चार मन्त्री बस्नेतका अनुसार चिकित्सक संघले आकस्मिकबाहेकका देशभरका स्वास्थ्य संस्था बन्द गरेको सम्बन्धमा आजको मन्त्रिपरिषद्मा गम्भीर छलफल भएको र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेकाले आगामी मन्त्रिपरिषद्को बैठकबाट संघको माग टुङ्ग््याइने छ ।
सरकारले यही असोज २ गते चिकित्सकको चरम लापबाहीका कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेसागत वा व्यावसायिक बीमा र क्षतिपूर्तिलगायतका आवश्यक विषयलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको थियो ।
उक्त निर्णय फिर्ता लिनुपर्नेलगायत तीन बुँदे माग राखी यही ६ गते शुक्रबारदेखि संघले देशभर आकस्मिक बाहेकका स्वास्थ्य संस्था बन्द गरेको थियो । रासस
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
-
नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गर्यो प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग
-
यस्तो छ भोटेकोशी बाढी पछि सरकारले गरेको उद्दार तथा राहतका कामबारे प्रधानमन्त्री शाहको आजको ब्रिफिङ
-
भोटेकोशी बाढीमा परी पहिचान हुन नसकेका २२९ शव जमिन मुनि व्यवस्थापन गरिने
-
माथिल्लो त्रिशूली -३ ‘बी’ को सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि चिनियाँ टोली परिचालन
-
भोटेकोशी बाढीमा रसुवा जिल्लाका आठ जना स्वास्थ्यकर्मी वेपत्ता, ४ वटा स्वास्थ्य संस्था पूर्ण रुपमा ध्वस्त
-
-
औषधी व्यवस्था विभागको महानिर्देशकमा पुन: भरत भट्टराई
-
स्वास्थ्यमा सरुवा : मन्त्रालयको नीति तथा योजनामा आए डा. विवेक लाल, डा. शर्मा क्षयरोग केन्द्रमा
-
डा. झाको खुला पत्रको जवाफ दिदै ट्रमाले भन्यो ‘प्रक्रिया विपरितको कार्य गरेका छैनौँ’
-
अस्पतालको एनआईसीयूमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु
-
जेनजी आन्दोलनमा जलेको रामशाहपथको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अहिले कस्तो भयो ? (फोटो फिचर)
-








