नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट शुरु

284
Shares

काठमाडौँ, २३ भदौ । नेपाल मेडिकल काउन्सिलको निर्वाचन आजबाट शुरु हुँदैछ । आज उपत्यका बाहिरका १८ वटा मतदान केन्द्रमा विहान ९ देखि अपरान्ह पाँच बजेसम्म निर्वाचन हुँदैछ । उपत्यका भित्र भने भदौको २९, ३० र ३१ मा निर्वाचन हुनेछ ।

काउन्सिलको २०७४/२०७८ कार्यकालका एक उपाध्यक्ष र ८ जना सदस्य पदका लागि कुल २७ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा तीन र सदस्यमा २४ जनाको उम्मेदवारी परेको छ प्रमुख निर्वाचन अधिकृत डा पीआर जोशीले बताए ।

यसपटक निर्वाचनमा डा. नारायणविक्रम थापा, डा. पुष्पमणी खराल र डा. शतिसकुमार देव उपाध्यक्षमा उम्मेदवार बनेका छन् । निर्वाचनमा काउन्सिलमा दर्ता भएका करीब २० हजार चिकित्सकहरुले भोट हाल्न पाउनेछन् ।

काउन्सिलले तोकेका देशभरका मतदान केन्द्रहरु

१८ . भिम अस्पताल भैरहवा

उम्मेदवारहरुको सूची यसप्रकार छ :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *