‘ओस्थीयोपोरोसिश’ सम्बन्धि पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौँ, १८ भदौ । हड्डी मक्कीने रोग(ओस्थीयोपोरोसिश) सम्बन्धि पहिलो राष्ट्रिय सम्मेलन ‘नेशनल स्याम्पोसिम अन क्लिनिकल ओस्थीयोपोरोसिश’ सम्पन्न भएको छ ।

डाइविटिज एण्ड इन्डोक्राइनोलोजी अफ नेपालको सहयोगमा नेपाल र्युम्याटोलोजी एसोशिएसनले शनिबार आयोजना गरेको सम्मेलनमा बाथरोग, हड्डीरोक, मिर्गौला तथा डायबिटिज रोग सम्वन्धी चिकित्सकहरुको सहभागिता थियो ।

सम्मेलनमा भाग लिन उपत्यका बाहेक झापा, विराटनगर, धरान, बीरगञ्ज, बुटवल, तथा नेपालगञ्ज लगायतका स्थानबाट आएका १२० बढी चिकित्सकको सहभागीता थियो ।

आयोजक मध्येका एक नेपाल बाथरोग संघका अध्यक्ष डा विनित बैद्यले बाथरोग, मिगौला, दम जस्ता लामो समयसम्म पेनीसोलन ग्रुपको औषधि तथा स्टेरोइड औषधिहरुका कारण उत्पन्न हुने ओस्थीयोपोरोसिश रोगका बारेमा सरोकारवाला चिकित्सकबीच जानकारी आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको बताए ।

‘खासमा धेरै लामो समयसम्म औषधि चलाउनुपर्ने पाका उमेरका व्यक्तिमा यो रोग देखा पर्ने गरेको छ । तर के कारणले यस्तो हुन्छ र कस्तो लक्षण देखियो भने यो बाथरोग विशेषज्ञले हेर्ने केश हो भनेर जान्ने आदिका बिषयमा भएको छलफल हो ‘उनले भने ।

ओस्थीयोपोरोसिश महिनाबारी सुकेपछि अर्थात ५० कटेपछि र पुरुषहरुमा ७० बर्ष कटेपछि देखिने एक किसिमको हड्डी मक्किने रोग हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *