दाङमा पाँचजना डेङ्गुका बिरामी फेला

0
Shares


दाङ, १० भदौ । दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको गरिक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको अस्पतालका डा. सुवोधकुमार शर्माले जानकारी दिए।

तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेङ्गु रोग फेला परेको हो । अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केको र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको डा. शर्माले जानकारी दिए ।

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । यस अघिपनि जिल्लामा १३ जना डेङँगु रोगका विरामीहरु फेला परेका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *