म्याक्स इन्टरनेशनल अस्पतालद्वारा बाढीपीडितको उपचार

52
Shares

विराटनगर, ५ भदौ । विराटनगरस्थित ‘म्याक्स’ इन्टरनेशनल तथा ट्रमा सेन्टरले ६२० बाढीपीडितको उपचार गरी रु एक लाख भन्दा बढीको औषधि वितरण गरेको छ ।

विराटनगर–१२ स्थित बखरीका २५४ जना बाढीपीडित बिरामीको उपचार गरी ५३ हजार मूल्य बराबरको औषधि निःशुल्क रुपमा उपलब्ध गराइएको सो अस्पतालका निर्देशक जीतेन्द्र यादवले बताए ।

त्यसैगरी, जहदा गाउँपालिका–१ को बुधनगरमा आइतबार ३६६ बाढीपीडितको उपचार गरिएको र रु ७८ हजार मूल्य बराबरको औषधि वितरण गरिएको छ । बाढीपीडितमा रुघाखोकीलगायतका समस्या बढी देखिएको चिकित्सक टोलीले जनाएको छ ।

सो उपचारमा वरिष्ठ चिकित्सक डा किरण यादव, हाडजोर्नीका विशेषज्ञ डा सञ्जय साह, डा विजय भर्गिस, प्रसूतिरोग विशेषज्ञ अशोक मेहता, मेडिकल अधिकृतद्वय रुचिका बमसहित १५ जनाको टोली उपचारमा संलग्न थिए ।

यसैबीच सो अस्पतालले बाढीपीडितका लागि बहिरङ सेवा निःशुल्क गरिएको र अन्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको निर्देशक यादवले जानकारी गराए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *