कृष्ण मन्दिरमा कान्तिपुरको नि:शुल्क दन्त शिविर

काठमाडौँ, ३१ साउन । कृष्ण जन्माष्टमीको अवसर पारी बसुन्धरास्थित केडीसी हस्पिटलले सोमबार बुढानिलकण्ठस्थित कृष्ण मन्दिर( इस्कोन)मा एक दिने दन्त स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
उक्त शिविरमा करीब एक सय जनाले दन्त परीक्षण गराएका थिए । प्रा डा नागराज रावको नेतृत्वमा गएको १० जना चिकित्सकको टोलीले दन्त परीक्षण तथा दन्त स्वास्थ्य बारेमा जानकारी दिएको थियो ।
परीक्षणको क्रममा धेरै जनाको दाँतमा किरा लाग्ने समस्या , गिजाको समस्याहरुदेखिएको थियो । चिकित्सकको टोलीले दाँत सफा र स्वस्थ राख्ने उपाय, ब्रस गर्ने तरिकाका बारेमा जानकारी गराएको डा स्मिता ढकालले जानकारी दिइन ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



