प्रधानमन्त्री राहतकोषमा १० लाख सहयोग गर्ने औषधि आयातकर्ता संघको निर्णय
काठमाडौँ, २९ साउन । नेपाल औषधि आयातकर्ता संघ (मियान)ले बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० लाख रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको छ । संघको आज बसेको आकस्मिक बैठकले राहत उपलव्ध गराउने निर्णय गरेको हो ।
संघका महासचिव पवन आचार्यले सिंगो देश बाढी पहिरोमा डुवेको अवस्थामा संस्थाको तर्फबाट १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बताए । उनले प्राकृतिक विपत्तिका बेला एक अर्कालाई दोषारोपण गर्नुको सट्टा एक जुट भएर राहत तथा उद्धारमा खटिनुपर्ने बताए ।
गत शुक्रबारबाट परेको अविरल बर्षा पछि आएको बाढी पहिरोबाट ठूलो जनधनको क्षति पुगेको छ । पहाडमा पहिरो र सिंगो तराई डुबानमा परेको छ । दर्जनौँको मृत्यु भएको छ , हजारौँ घर डुबानमा परेका छन् भने लाखौँ लाख प्रभावित भएका छन् ।
सम्पर्क इमेल : [email protected]