ललितपुरका पाँच स्थानीय तहमा आठ जना स्वास्थ्यकर्मी खटाइए

ललितपुर १८ साउन । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले संघीय संरचना अनुसार नगरपालिका र गाँउ पालिकाका लागि ८ जना स्वास्थ्यकर्मी पठाएको छ ।

एक महानगरपालिका र एक नगरपालिका सहित चार गाँउ पालिका रहेको ललितपुरमा महानगरपालिकामा भने स्वास्थ्य मन्त्रालयले नै स्वास्थ्यकर्मी खटाएको छ । बाँकी स्वास्थ्य संस्थामा जिल्ला जनस्वास्थ्यले खटाएको हो ।

जिल्ला जनस्वास्थ्य प्रमुख झलक शर्मा पौडेलका अनुसार महालक्ष्मी नगरपालिकामा २ जना, गोदावरी नगरपालिकामा ३ जना, बाग्मती गाँउपालिकामा १ जना स्वास्थ्यकर्मी खटाइएको छ । त्यस्तै महाकाल गाँउपालिकामा १ जना र कोन्ज्योसोम गाँउपालिकामा १ जना स्वास्थ्यकर्मी पठाइएको छ ।

जनस्वास्थ्य प्रमुख पौडेलले सबै स्थानीय तहमा स्वास्थ्यका जिम्मेबारी समेत हस्तान्तरण भएको बताए । ‘अब हामी अनुगमन तथा रिपोर्टका लागि मात्रै जान्छौँ होला । अरु सबै काम गाँउपालिका र नगरपालिकामा हुन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *