ललितपुरका पाँच स्थानीय तहमा आठ जना स्वास्थ्यकर्मी खटाइए

0
Shares

ललितपुर १८ साउन । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले संघीय संरचना अनुसार नगरपालिका र गाँउ पालिकाका लागि ८ जना स्वास्थ्यकर्मी पठाएको छ ।

एक महानगरपालिका र एक नगरपालिका सहित चार गाँउ पालिका रहेको ललितपुरमा महानगरपालिकामा भने स्वास्थ्य मन्त्रालयले नै स्वास्थ्यकर्मी खटाएको छ । बाँकी स्वास्थ्य संस्थामा जिल्ला जनस्वास्थ्यले खटाएको हो ।

जिल्ला जनस्वास्थ्य प्रमुख झलक शर्मा पौडेलका अनुसार महालक्ष्मी नगरपालिकामा २ जना, गोदावरी नगरपालिकामा ३ जना, बाग्मती गाँउपालिकामा १ जना स्वास्थ्यकर्मी खटाइएको छ । त्यस्तै महाकाल गाँउपालिकामा १ जना र कोन्ज्योसोम गाँउपालिकामा १ जना स्वास्थ्यकर्मी पठाइएको छ ।

जनस्वास्थ्य प्रमुख पौडेलले सबै स्थानीय तहमा स्वास्थ्यका जिम्मेबारी समेत हस्तान्तरण भएको बताए । ‘अब हामी अनुगमन तथा रिपोर्टका लागि मात्रै जान्छौँ होला । अरु सबै काम गाँउपालिका र नगरपालिकामा हुन्छ,’ उनले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *