स्वास्थ्यमन्त्री पोखरेलद्वारा जनकपुर अञ्चल अस्पतालको अनुगमन

धनुषा, १७ साउन । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आज जनकपुर अञ्चल अस्पतालको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा अस्पतालमा उपचार गराउन पुगेका सेवाग्राहीले अस्पतालका चिकित्सकको लापरबाही तथा बिरामीसँग गरिने नराम्रो व्यवहारबारे मन्त्री पोखरेललाई गुनासो व्यक्त गरेका थिए ।

सेवाग्राहीको गुनासो सुनेपछि मन्त्री पोखरेलले चाँडै नै स्वास्थ्य मन्त्रालयबाट एक विशेषज्ञ टोली पठाएर अञ्चल अस्पतालको वास्तविक अवस्था बुझ्ने र दोषीलाई कारवाही गर्ने आश्वासन दिए ।

अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रामपरीक्षण यादवको आफ्नै निजी अस्पताल सञ्चालनमा रहेको बारे पनि सर्वसाधारणले मन्त्री पोखरेललाई जानकारी गराएका थिए । मन्त्री पोखरेलले पनि अवैद्यानिक रुपमा सञ्चालित अस्पताल, नर्सिङ होम र स्वास्थ्य संस्थालाई कार्वाही गरिने प्रतिबद्धता स्थानीयवासीसामु व्यक्त गरे। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *