चिकित्सक संघले भन्यो, ‘डा. केसीका माग सम्बोधन गर’

0
Shares

काठमाडौँ, १४ साउन । नेपाल चिकित्सक संघले त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसीको मागहरु यथासिघ्र सम्वोधन गरी जीवन रक्षा गर्न सरकारसंग माग गरेको छ ।उसले डा केसीसंग यसअघि भएका सम्झौँताको अक्षरस कार्यान्वनय गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका महासचिव डा लोचन कार्कीद्धारा आज जारी विज्ञप्तीमा चिकित्सा शिक्षालाई पारदर्शी, गुणस्तरीय र मर्यादित बनाउने कार्यमा नेपाल सरकार नै लाग्नुपर्नेमा बारम्बार अनसन बस्नुपर्ने स्थितिले सरकार चिकित्सा शिक्षाको गुणस्तरीयता प्रति गम्भीर नभएको प्रष्ट हुन्छ भनिएको छ ।

अघिल्ला अनसनमा केही ढिला विज्ञप्ती निकाल्ने संघले यसपटक भने पाँचौ दिनमै विज्ञप्ती निकाली चासो देखाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *