अञ्चल अस्पतालमा रेबिज सुई अभाव

0
Shares

राजविराज, १० साउन । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा रेबिज सुईको अभाव भएको छ ।

अस्पतालमा दैनिक पाँचदेखि छ जना कुकुरले टोकेका बिरामी आउने गरे पनि सुईको अभावका कारण समस्या भइरहेको अस्पतालले जनाएको छ । एक मात्र सरकारी अस्पतालमा सहुलियत दरमा पाइने रेबिज सुई एक हप्तादेखि पाउन छाडेपछि उपचारका लागि आउने बिरामी र कुरवालाई समेत समस्या हुने गरेको बताइएको छ ।

अस्पतालमा निःशुल्क रुपमा पाइने सो सुई सरकारी उदासीनताका कारण अहिले उपभोक्ताले निजी औषधि पसलमा दोब्बर मूल्यमा खरिद गरी प्रयोग गर्न बाध्य भएको स्थानीयवासी श्याम रजकले बताए । अस्पतालले भने रेबिजविरुद्ध दिइने सुई अभाव भएपछि विभागमा माग गरिए पनि विभागबाट नआएको जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *