क्याम्बोडियाली राजा उपचारका लागि चीनमा
नोम्पेन्ह, ८ साउन । क्याम्बोडियाली राजा नरोद्दम सिहामोनी आफ्नो स्वास्थ्य उपचारका लागि आइतबार चीन प्रस्थान गरेका छन् ।
उनीआफ्नी आमा र परिवारका अन्य सदस्यहरुका साथ आज चीन प्रस्थान गर्नुरेको समाचारमा जनाइएको छ ।
उनीहरुलाई क्याम्बोडियाली प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।
उनी चीन जानुपर्नाको कारणका बारेमा राजदरबारद्वारा प्रकाशित विज्ञप्तिमा उपचारका लागि चीन जानु परेको भनी लेखिएको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि उनी चीन गएको र केही दिन लाग्ने सो विज्ञप्तिमा जनाइएको छ । रासस÷सिन्ह्वा
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



