श्रमिकलाई लक्षित गरि ‘जीपी लेवर हेल्थ क्लिनिक’ सञ्चालनमा

काठमाडौँ, ८ साउन । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नामबाट स्थापित जीपी कोइराला श्रम प्रतिष्ठानले ‘जीपी लेवर हेल्थ क्लिनिक’  सञ्चालनमा ल्याएको छ । श्रमिक र उनका परिवारको निशुल्क उपचार गर्ने उदेश्यसहित सञ्चालनमा ल्याइएको क्लिनिकको शनिबार पूर्व राष्ट्रपति डा रामबरण यादवले शुभारम्भ गरे ।

स्वयं चिकित्सक समेत रहेका पूर्वराष्ट्रपति डा यादवले विरामीको रक्तचाप जाँच गरेर क्लिनिकको शुभारम्भ गरेका थिए । सो अवसरमा बोल्दै मुलुकको श्रमिक आन्दोलन र लोकतान्त्रिक आन्दोलनबीच अन्योन्याश्रित सम्वन्ध रहेको चर्चा गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि श्रमिक आवश्यक रहेको बताए ।

आफू स्वास्थ्य मन्त्री रहँदा गिरिजाबाबुले पाँचवटै विकास क्षेत्रमा मेडिकल कलेज स्थापना गर्न सुझाव दिएको स्मरण गर्दै पूूर्वराष्ट्रपति डा यादवले त्यसबेला नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फडको मारेको दावी गरे ।

 

स्वास्थ्य सचिव डा किरण रेग्मीले संघीयतामा सबैठाँउमा समान रुपमा स्वास्थ्य सेवा पुरयाउन संघीयता कार्यान्वनय एकाई गठन गरी मन्त्रालयले काम अघि बढाएको जानकारी दिइन । उनले मजदुरलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य सहित स्वास्थ्य शिविर सञ्चालनमा ल्याएर प्रतिष्ठानले राम्रो काम गरेको बताइन ।

सो अवसरमा नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठ, नेपाल स्वास्थ्य कर्मीसंघका अध्यक्ष रामजी घिमिरे लगायतले श्रमिकहरुको लागि आवश्यक स्वास्थ्य सेवाका बारेमा बिचार राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *